राजधानीको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्य सहित सञ्चालन गरिएको ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत दुबो रोप्ने काम सुरू गरिएको छ।
काठमाडौं महानगरपालिका, नेपाली सेना तथा सम्बन्धित निकायहरूको समन्वयमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको हो।
वर्षौंदेखि धुलो उड्ने, घाँसविहीन र केही स्थानमा उजाड देखिने टुँडिखेललाई हराभरा बनाउने अभियान अन्तर्गत दुबो रोप्ने कार्य अघि बढाइएको जनाइएको छ।
कार्यक्रम अन्तर्गत टुँडिखेलको विभिन्न भागमा हरियो दुबो विस्तार गरिनेछ।
यसले टुँडिखेलको सौन्दर्य बढाउनुका साथै धुलो नियन्त्रण, वातावरणीय सन्तुलन कायम गर्न तथा सर्वसाधारणलाई स्वच्छ र रमणीय खुला स्थान उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायका अनुसार दुबो रोपिसकेपछि नियमित सिँचाइ, संरक्षण र व्यवस्थापनको काम पनि गरिनेछ। वर्षायाम सुरू हुन लागेकाले अहिलेको समय दुबो रोप्न उपयुक्त भएकाले कामलाई तीव्रता दिइएको बताइएको छ।
टुँडिखेल काठमाडौं उपत्यकाको प्रमुख खुला क्षेत्रका रूपमा परिचित छ।
यहाँ राष्ट्रिय समारोह, सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक घुमफिर हुने गरेको छ।
पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र खुला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
हरियाली कार्यक्रमअन्तर्गत सुरू गरिएको दुबो रोपण अभियानले टुँडिखेललाई थप आकर्षक, वातावरणमैत्री र नागरिकमैत्री खुला क्षेत्रका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
तस्बिरहरू:
-1780298940.jpg)
-1780298941.jpg)
-1780298940.jpg)
-1780298940.jpg)
-1780298941.jpg)
-1780298939.jpg)
-1780298940.jpg)
-1780298939.jpg)
-1780298940.jpg)
-1780298939.jpg)
-1780298938.jpg)
-1780298937.jpg)
-1780298939.jpg)
-1780298938.jpg)
-1780298937.jpg)
-1780298937.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी