काठमाडौंको पशुपति शिवालयमा एक पुरूष मृत भेटिएको घटनामा एक जना पक्राउ परेका छन्।
२०८१ फागुन ६ गते काठमाडौं महानगरपालिका-८ पशुपतिको १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार मृत भेटिएका थिए।
उक्त घटनामा दर्बेनाथ भन्ने सुबिन राना मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा राना मगरको संलग्नता भेटिएको थियो।
उनलाई महोत्तरीको गौशाला नगरपालिका-६ बाट पक्राउ गरिएको हो।