भारतमा १९ दिनदेखि अनसनमा रहेका सोनाम वाङचुकको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ।
दिल्लीको जन्तरमन्तरमा अनसनरत वाङचुकको बिहीबार चिकित्सकहरूले स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगिसकेको बताएका छन्।
द हिन्दुका अनुसार दिल्ली उच्च अदालतले केन्द्रीय सरकार र दिल्ली सरकारलाई वाङचुकको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राख्न आदेश दिएको थियो।
डाक्टर सतिश लम्बाले दैनिक वाङचुकको स्वास्थ्य अवस्था निगरानी गर्दै आएका छन्।
वाङचुक ९ किलो घटिसकेको र उनको शरीरका अंगहरूमा समेत असर गर्न थालेको डाक्टर लम्बाले बताएका छन्।
यसका बावजुद पनि वाङचुकले अनसन तोड्न मानेका छैनन्। उनले सरकार वार्तामा आउनुपर्ने बताएका छन्। उनी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जुन २८ देखि अनसनमा छन्।
उनले आफू जुलाइ २० सम्म जीवित रहने बताएका छन्। सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी (सिजेपी)ले त्यसदिन संसद भवनमा मार्च गर्ने घोषणा गरेका छन्।
मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर शिक्षा मन्त्री प्रधानको राजीनामा माग गर्दै आएका छन्। यसरी प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द समेत भएको थियो।
जसकारण लाखौं परीक्षार्थी प्रभावित भएका थिए।