मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता भएका छन्।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जाएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता छन्।
बिहीबार दिउँसो १ बजेदेखि नदीमा हराइरहेका उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।