ड्रोन आक्रमणबाट कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ।
बिहीबार ड्रोन आक्रमणबाट सवारी चालकको रूपमा कार्यरत रहेका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।
यस घटनासम्बन्धी आधिकारिक रूपमा दूतावासले जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ।
शव नेपाल पठाउनका लागि आवश्यक कार्य भइरहेको पनि दूतावासले बताएको छ।
परराष्ट्र मन्त्रालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै यस घटनामा दु:ख व्यक्त गरेको छ। मन्त्रालयले नेपाली नागरिकप्रति गरिएको आक्रमणको निन्दा समेत गरेको छ।
मन्त्रालयले सबै पक्षलाई संवाद र कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेको छ।
