सुर्खेत प्रहरीले १० ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका– ५ कालिकाटोल बाट ३० वर्षीय प्रकाश कँडेल १० ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
आइतबार बिहान पौने १२ बजेतिर उनी आफ्नै कोठा बाट पक्राउ परेका थिए।
प्रहरीले पक्राउ परेका कडेल माथि थप अनुसन्धान भइरहेको जनाएको छ।