काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु भएको छ।
सोमबारदेखि सुरु भएको सम्मेलनमा मातृभाषामा पत्रकारिताको विकास, संरक्षण, प्रवर्द्धन तथा यस क्षेत्रमा देखिएका चुनौतीबारे छलफल हुँदैछ।
सम्मेलनमा मातृभाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकार, सञ्चारविद् तथा विभिन्न भाषिक समुदायका प्रतिनिधिहरू सहभागी छन्।
मातृभाषामा सञ्चार सामग्री उत्पादन र प्रकाशनका लागि आवश्यक जनशक्ति, स्रोतसाधन, प्रविधि तथा आर्थिक व्यवस्थापनका विषय सम्मेलनका मुख्य एजेन्डा छन्।
साथै मातृभाषाका सञ्चारमाध्यमलाई संस्थागत रूपमा बलियो बनाउने र पत्रकारहरूको क्षमता विकास गर्ने विषयमा पनि छलफल हुने आयोजकले जनाएको छ।
नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले समुदायको भाषामा सूचना र समाचारको पहुँच विस्तार गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
मातृभाषामा पत्रकारिता गर्दा स्थानीय समुदायका समस्या, संस्कृति, परम्परा र पहिचानलाई सञ्चारको मूलधारमा ल्याउन सहज हुने उनीहरूको भनाइ छ।
सम्मेलनमा डिजिटल माध्यममा मातृभाषाको प्रयोग विस्तार गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल, भिडियो तथा पोडकास्टमार्फत नयाँ पुस्तासम्म मातृभाषाका सामग्री पुर्याउने सम्भावनाबारे अनुभव आदानप्रदान गरिनेछ।
सम्मेलनको उद्घाटन भने तीन फरक शैलीमा गरिएको थियो।
प्रमुख अतिथि कानुनमन्त्री सोबिता गौतमले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन्।
त्यसपछि जलवायु परिवर्तनको सन्देश दिन गमलामा पानी हालिएको थियो भने बोन विधिका लामाहरूले मातृभाषामा मन्त्र जाप गरेका थिए।
कार्यक्रममा नेवा दवूका अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले स्वागत गरेका थिए।
सम्मेलनबाट मातृभाषा पत्रकारिताको विकासका लागि नीतिगत तथा व्यावहारिक सुझाव आउने अपेक्षा गरिएको छ।
तस्बिरहरूः
-1786353659.jpeg)
-1786353659.jpeg)
-1786353659.jpeg)
-1786353659.jpeg)
-1786353659.jpeg)
-1786353660.jpeg)
-1786353660.jpeg)
-1786353659.jpeg)
-1786353659.jpeg)
-1786353659.jpeg)
-1786353660.jpeg)