सुर्खेतमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको चौकुने गाउँपालिका – १० चालिखेकी ५८ वर्षीया देउमा कामीको सर्पदंशबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई बुधबार बिहान पौने ६ बजेतिर घरमै भाँडा माझ्ने क्रममा दायाँ हातको औँलामा सर्पले डसेको थियो।
उनलाई ढिला गरी बिहान साढे १० बजेपछि मात्रै उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो।
अचेत अवस्थाकी उनलाई चेकजाँच पछि चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए।