त्रिशूली-३ 'ए' जलविद्युत आयोजनाको सुरूङबाट जीवितै उद्धार गरिएका २ जनालाई स्वयम्भूस्थित छाउनी अस्पताल ल्याइएको छ।
उनीहरूलाई सेनाको हेलिकप्टरबाट छाउनी ल्याइएको हो।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई ९ दिनपछि जीवितै उद्धार गरिएको हो।
उद्धार गरिएकाहरूमा सञ्जय साह र कविर महर्जन छन्।
सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।
तस्बिरहरू:
-1788507400.jpg)
-1788507400.jpg)
-1788507399.jpg)
-1788507399.jpg)