जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीहरू मध्ये दुई जना मंगलबार पक्राउ परेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिंह राठौरका अनुसार रूकुम पश्चिममा दुई जना पक्राउ परेका हुन्।
आठबिसकोट नगरपालिका–१० ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ वर्षीय रेशम राना पक्राउ परेको सेतोपाटीलाई बताए।
पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेकाहरू थिए। उनीहरूसहित ८ जना शुक्रबार राति कारागारको सुरूङ खनेर भागेका थिए।
डिउटीको प्रहरीले चेकजाँचका लागि गाडी रोक्न भनेपछि जिपमा सवार उनीहरू भाग्न खोजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
‘गाडी रोक्न भनेपछि ती दुई आफैं भाग्न खोजेछन्,’ राठौरले भने।