सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
सोमबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा भारतको तमिलनाडु राज्य चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा तीन जना घाइते भएका थिए।
घाइतेमध्ये न्युजिल्यान्डका ४९ वर्षीय सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको हो।
त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।