सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या भएको छ।
मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।
बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो। विद्यालयमै बस्दै आएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उनीमाथि गोली प्रहार भएको शिक्षिका टीकामाया राईको भनाइ छ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्याल सहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।