रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो।
१७ घण्टादेखि सडकमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन्।
बिहीबार बिहानैदेखि पहिरो पन्छाउन सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेसी-धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ।
पहिरोका कारण काठमाडौं, नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका थिए।
राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधनसमेत रोकिएका थिए।
तस्बिरहरूः
-ink-1789021168.jpeg)
-ink-1789021168.jpeg)
-ink-1789021168.jpeg)
-ink-1789021168.jpeg)
तस्बिरहरू- मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी