ग्यास अभावको विरोधमा विद्यार्थीहरूले दाउरामै खाना पकाएका छन्।
बिहीबार बिहान रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै विद्यार्थीहरूले दाउरामा खाना पकाएका हुन्।
सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै त्यसको सांकेतिक विरोधमा क्याम्पस गेटमै खाना पकाएका हुन्।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाएका छन्।
गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाएका थिए।
बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छोडेर लाइनमा बस्न थालेको र कतिको डेरामा खाना पाक्न छोडेको उनीहरूले बताएका छन्।
कतिपय विद्यार्थीले आफूहरू चाउचाउ–बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो समेत गरेका थिए।
तस्बिरहरूः
-ink-1789021716.jpeg)
-ink-1789021715.jpeg)
-ink-1789021709.jpeg)
-ink-1789021715.jpeg)
-ink-1789021709.jpeg)
-ink-1789021715.jpeg)
-ink-1789021709.jpeg)
-ink-1789021707.jpeg)
-ink-1789021707.jpeg)
-ink-1789021709.jpeg)
-ink-1789021715.jpeg)
-ink-1789021708.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी