भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ।
शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा आगो लागेको थियो।
दमकलको सहायताले आगो निभाइएको थियो।
कार पूर्ण रूपमा जलेको छ।