नुवाकोटको देवीघाटस्थित तादी नदीमा एक्रो ब्रिज सञ्चालनमा आएको छ।
भोटेकोशी-त्रिशूलीमा आएको बाढीले त्यहाँको पक्की पुल बगाएपछि सेनाले पाँचै दिनमा एक्रोब्रिज तयार गरेको हो।
बिहीबार बेलुकीदेखि उक्त पुल सञ्चालनमा आएको हो।
सेनाले पाँच दिनमा नै ५७.९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ।
बिहीबार बेलुकादेखि सबै खालका सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
नेपाली सेनाका रथी रञ्जित थापाले नेपाली सेनाले दिनरात काम गरेर ७२ घण्टे कार्यअवधिमा नै देवीघाटमा एक्रोबिज्र तयार पारेको बताए।
'नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि ५५ जना प्राविधिक दिनरात खटेर कार्यसम्पन्न गरेका छौँ,' उनले भने।
देवीघाटमा यही भदौ २० गतेदेखि पुल निर्माण सुरु भएको थियो।
तस्बिरहरूः
-1789095874.jpeg)
-1789095875.jpeg)
-1789095875.jpeg)
-1789095875.jpeg)
-1789095875.jpeg)
-1789095875.jpeg)
-1789095874.jpeg)
-1789095874.jpeg)
-1789095874.jpeg)
-1789095874.jpeg)
-1789095874.jpeg)
-1789095873.jpeg)
-1789095873.jpeg)
