नुवाकोटको लिखु गाउँपालिकामा पर्ने थानसिङ फाँट यतिबेला धानबालीको हरियालीले ढाकिएको छ।
समथर भूभागमा लहलह धानका बोट र वरिपरिका पहाडले यहाँको दृश्यलाई आकर्षक बनाएको छ।
ऐतिहासिक तथा कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने थानसिङ फाँट नुवाकोटका उर्वर कृषि क्षेत्रमध्ये एक हो। फाँटको छेउ हुँदै बग्ने लिखु खोला र आसपासका खोलानालाले यहाँको कृषि भूमिमा सिँचाइको सुविधा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
सिँचाइको पहुँच विस्तार हुँदै गएसँगै यस क्षेत्रमा धानसँगै तरकारी तथा अन्य कृषि उपजको व्यावसायिक खेती पनि हुँदै आएको छ।
धानबाली हुर्कंदै जाँदा अहिले थानसिङ फाँटको अधिकांश भूभाग हरियो देखिन्छ। हावासँगै धानका बोटहरू लहराउँदा फाँटमा पुग्ने जोकोहीको ध्यान तानिन्छ।
हरियो फाँटको बीचैबीच मध्यपहाडी राजमार्ग हिँडेको छ। नागबेली परेर गएको सडकले आधुनिकता र परम्परालाई एकसाथ जोडेको भान हुन्छ। यसले थानसिङलाई अझै आकर्षक बनाएको छ।
थानसिङ क्षेत्रमा विभिन्न समुदायको मिश्रित बसोबास छ।
कृषि, प्रकृति र ग्रामीण जीवनशैलीको सुन्दर संयोजन देखिने थानसिङ फाँट अहिले धानको हरियालीसँगै आकर्षक बनेको छ।
तस्विरहरु :
-1789661538.jpg)
-1789661537.jpg)
-1789661537.jpg)
-1789661537.jpg)
-1789661537.jpg)
-1789661537.jpg)
-1789661536.jpg)
-1789661536.jpg)