धनकुटामा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ताङखुवाबाट धनकुटा आइरहेको सुमो छथर जोरपाटी गाउँपालका-३ बन्चरेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।
धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन।
अन्य विवरण पनि प्राप्त भएको छैन।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन भएको छ।