काठमाडौं माइतीघरबाट हनुमानस्थानतर्फ जाने मुख्य सडकमा रूखको हाँगा भाँचिएर यातायात अवरूद्ध भएको छ।
काठमाडौं महानगरपालिका–११ क्षेत्रमा पर्ने उक्त सडकखण्डमा एक्कासि रूखको हाँगा भाँचिएर बाटोमा खस्दा यातायात अवरूद्ध भएको हो।
प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन। एउटा गाडीलाई हाँगाले लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार वर्षा भइरहँदा रूखको हाँगा आफै भाँचिएको हो। त्यसले गर्दा सडक अवरूद्ध भएको छ। अहिले हाँगा हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।
'हाँगा हटाउने काम भइरहेको छ। एकैछिनमा बाटो खुल्छ,' एसपी सुवेदीले भने।
घटनास्थलमा ट्राफिक प्रहरीको टोली खटिएर अवरोध हटाउने काम गरिरहेको छ।