रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ।
काभ्रेको पनौतीमा रोशीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
रोशीको खतरा तह ४.५ मिटर हो। बिहानीपख यसको जलसतह ४.६१ मिटर रहेको विभागले जनाएको छ। जलसतह अझै बढ्दो क्रममा रहेको पनि विभागले जनाएको छ।

त्यस्तै कालीगण्डकी नदी पर्वतको मोदी बेनीमा, मर्स्याङ्दी नदी लमजुङको भकुन्डेबेसीमा, त्रिशूली नदी चितवनको भोर्लेमा, नारायणी नदी चितवको देवघाटमा, अरूण नदी धनकुटाको सिम्लेमा,सुनकोशी नदी भोजपुरको हम्पाचौरमा र सप्तकोशी नदी सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ।
केही नदीमा जलसतह बढ्दो क्रममा र केही ठाउँमा घटिरहेको विभागले जनाएको छ।
शनिबार पनि पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।