तीन दिनदेखिको वर्षाका कारण सुनसरी र सप्तरीको सीमाना हुँदै बग्ने सप्तकोशी नदीमा जलसतह जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
साँझ सवामामा ६ बजे कोशी बराजमा सप्तकोशीको जलसतह २ लाख ९० हजार ३७० क्यूसेक पुगेको छ।
यो भनेको सप्तकोशीको जलसतहले खतराको तह पार गरेको बराजले जनाएको छ। यसको जलसतह बढ्दो क्रममा रहेको पनि बराजले जनाएको छ।
सप्तकोशीको जलसतह कोशी बराजमा २ लाख ५० हजार क्युसेकभन्दा बढी हुनुलाई जोखिमपूर्ण मानिन्छ ।
खतराको तह पार गरेपछि अहिले बराजको ५६ मध्ये ३८ वटा ढोका खोलिएको छ।
शुक्रबार राति बराजको ४३ वटा ढोका खोलिएको थियो।
कोशीमा जोखिम कायमै रहेका बेला बाढीबाट लाभ उठाउनेको संख्या पनि कम छैन।
जब कोशीमा बाढी आउँछ, त्यससँगै बगेर आउने काठ–दाउरा संकलन गर्न स्थानीयको भीड लाग्छ।
बाढीको समयमा यहाँ दैनिक ५० जनाभन्दा बढी स्थानीयले दाउरा संकलन गरेर आम्दानी गर्ने गरेका छन्।
गुणस्तर हेरेर एक ट्रयाक्टर दाउरा तथा काठको मूल्य १० देखि २० हजार रूपैयाँसम्म पर्ने स्थानीय बताउँछन्।
बाढीको समयमा नदीमा दाउरा निकाल्दा जोखिम हुने भन्दै सुनसरी र सप्तरीतर्फ प्रहरीले कडाइ गरेको छ।
तर, प्रहरीको सूचनाको बेवास्ता गर्दै स्थानीयले दाउरा निकाल्ने गरेका छन्।
-1790426456.jpeg)
-1790426455.jpeg)
-1790426457.jpeg)
-1790426457.jpeg)
-1790426457.jpeg)
-1790426457.jpeg)
-1790426457.jpeg)
-1790426457.jpeg)
-1790426456.jpeg)
-1790426456.jpeg)
-1790426456.jpeg)
-1790426455.jpeg)
सबै तस्बिरः नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी