बूढीगण्डकीको बाढीले निर्माणधीन बूढीगण्डकी जलविद्युत आयोजनाको क्याम्प भवन बगाएको छ।
चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा रहेको क्याम्प भवन बिहान बगाएको हो।
त्यहाँको बस्ती भने सरकारले मआब्जा दिएर हटाएको थियो।
आइतबार बिहानै साढे ४ बजेतिर बाढीको खबर पाएको गोरखा प्रहरीले जनाएको छ।
बूढीगण्डकीको बहाब लगातार बढिरहेको इलाका प्रहरी कार्यालय आरूघाटले जनाएको छ।
गृह मन्त्री सुधन गुरूङले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भइसकेको जानकारी दिएका छन्।