सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध सानदार जित निकालेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मंगलबार बेलुकी सकिएको खेलमा सुदूरपश्चिमले जनकपुरविरूद्ध २७ रनको जित निकालेको हो।
१२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरपश्चिमले ९३ रनमा अल आउट गरेको हो।
सुदूरपश्चिमले कसिलो बलिङ गर्दै पावरप्लेमै जनकपुरको तीन विकेट लिएको थियो।
सुदूरपश्चिमका स्कट कुगलाइनले मात्रै महत्त्वपूर्ण तीन विकेट लिए।
उनले ओपनर अनिल साह, ह्यारी टेक्टर, जेम्स निशमलाई आउट गर्दै जनकपुरको ब्याटिङ लाइन धराशायी बनाउएका थिए।
हेमन्त धामी, थारिन्डु रत्नायके, दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले एक-एक विकेट लिए।
जनकपुरका लागि त्रिटराज दासले बनाएको २१ रन सर्वाधिक रह्यो। जेम्स निसमले २० रन, आदित्य महताले १० रन र राहुल यादवले ११ रन बाहेक जनकपुरका अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओपनर अनिल साह २, ह्यारी टेक्टर १, र्यान बर्ल ८, विशाल सुसलिङ २, हरमित सिंह ४ र अभिषेक तिवारी २ रनमा आउट भएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलेसुदूरपश्चिमले ९ विकेट गुमाएर १२० रन जोडेको थियो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमलेनले बनाएको ३३ रन सर्वाधिक रह्यो।
जनकपुरको घातक बलिङमा सुदूपश्चिमको टप अडर ब्याटिङ लाइन ध्वस्त भएको थियो।
ओपनर सेफ जेइब र विनोद भण्डारी १०/१० रनमा आउट हुन पुगे। इशान पाण्डे ३ र कप्तान दिपेन्द्रसिंह ऐरी एक रनमै आउट भए।
आरिफ शेख ११ रनमा, स्कट कुगेलाइन ६ रनमा, अनिल खरेल ४ रनमा र हेमन्त धामी शून्यमा आउट हुन पुगे।
थरिन्डु रत्नायकेले २७ रन बनाएर नट आउट रहे। अभिनास बोहराले २ रन बनाए।
बलिङतर्फ हर्मित सिंहले सर्वाधिक ४ विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन मात्रै खर्चिए।
ललित राजवंशी, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १/१ विकेट लिए।
जितसँगै सुदूरपश्चिम ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको काठमाडौंसँग उसले अंक बराबरी गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।
जनकपुर ४ अंकसहित पाँचौं स्थानमा छ। सुदूरपश्चिमले अब काठमाडौं र जनकपुरले चितवनसँग लिगको अन्तिम खेल्नेछ।