नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।
मंगलबार साँझ प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६० जनाको सरूवा सूची प्रकाशन गरेको हो।
नेपाल प्रहरीमा लामो समयदेखि एसपीको सरूवा हुन सकेको थिएन।
अहिले एकसाथ ६० जनाको सरूवा निकालेको हो। यो सूचीमा केही अधिकृतको काज सरूवा समेत गरिसकेको थियो।
यसरी सरूवा निकाल्नुअघि विभागले एसपीको पूर्वानुमान योग्य सरूवा सूची समेत प्रकाशन गरेको थियो।
क श्रेणीमा खटाउन सकिने एसपी र ख श्रेणीमा खटाउन सकिने एसपीहरूको नामावली समेत प्रकाशन गरेको हो। यसअघि यसरी पूर्वानुमान योग्य सूची प्रकाशन हुने गरिएको थिएन।
सरूवा सूची: