आइसिसी महिला यू-१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीलाई भव्य स्वागत गरिएको छ।
नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार स्वागत गरिएको हो।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्का लगायतका पदाधिकारीले स्वागत गरेका थिए।
यसअघि क्रिकेट संघले खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो।
बुधबार युएईमा सकिएको एसिया छनोटमा घरेलु टोलीलाई पछि पार्दै नेपाली टोली विश्वकपमा पुगेको थियो।
नेपालले आगामी जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह 'डी' मा प्रतिस्पर्धा गर्नेछ।
समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्ने छन्। समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन्।
तस्बिरहरू:
-1731592885.jpg)
-1731592884.jpg)
-1731592884.jpg)
-1731592883.jpg)
-1731592882.jpg)
-1731592883.jpg)
-1731592882.jpg)
-1731592884.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी