विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ।
सामले अस्ट्रेलिया यू-१९ हुँदै सिनियर टिमबाट १ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। अस्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेंस खेलेका छन्।
सामले उत्कृष्ट स्ट्राइक रेटका साथ प्रदर्शन गर्दै आइरहेका छन्। उनीसँग ५० भन्दा माथि बिग ब्यास लिग म्याच खेलेको अनुभव रहेको छ।
उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विराटनगरको विश्वास छ।
विराटनगरको भनाइ छ, ‘उनको अनुभव, सुझबुझ ब्याटिङ शैली र खेल बुझे क्षमताबाट टोलीमा नयाँ ऊर्जा र विश्वस्तरको गुणस्तर थपिने अपेक्षा गरेको छ।’
विराटनगर किङ्सले यसअघि स्टकल्यान्डको ओपनर ब्याटर जर्ज मुन्सेलाई पनि टिममा आवद्ध गरिसकेको छ।
यो सिजनको एनपिएल मंसिर १ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।