आइसिसी विश्वकप लिग-२ मा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ।
दुबईको आइसिसी एकेडेमीमा पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै करण केसीले ३२ बलमा २ चौका र ३ छक्का हानेर ४९ रन जोडे।
ओपनर कुशल भूर्तेलले ६५ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए।
त्यस्तै भीम सार्कीले ५८ बल खेलेर ४ चौकाको मद्धतले ४३ रनको योगदान गरे।
कप्तान रोहित पौडेलले ४६ बलमा २ चौका हानेर ३६ रन जोडे।
बलिङतर्फ अमेरिकाका हर्मित सिंहले ३, शौरभ नेत्रभल्कर र नोस्तुस केन्जिगेले २/२ तथा जसदीप सिंह र शुभम रन्जनेले एक/एक विकेट लिए।