नेपाल अमेरिकासँग फेरि पराजित भएको छ।
युएईमा जारी आइसिसी एकदिवसीय विश्वकप लिग-२ सिरिज अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको २७२ रनक लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो।
अमेरिकाका लागि साइतेजा मुक्कमल्लले सर्वाधिक ७५ रन बनाए। उनले ६६ बलमा २ चौका र १ छक्का हाने। त्यस्तै मिलिन्ड कुमारले ६६ बलमा ७ चौका र १ छक्का हाने।
त्यस्तै ओपनर सायन जहांगिरले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए।
समित पटेलले १६, मोनांक पटेलले २१, शुभम रञ्जनेले १९ रनको योगदान गरे। सञ्जय कृष्णमुर्ति १५ र हर्मित सिंह १३ रन जोडेर नट आउट रहे।
बलिङतर्फ सन्दीप लामिछानेले तीन तथा नन्दन यादव, करण केसी र गुल्सन झाले एक/एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले खेलको अन्तिम ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै करण केसीले ३२ बलमा २ चौका र ३ छक्का हानेर ४९ रन जोडे।
ओपनर कुशल भूर्तेलले ६५ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए।
त्यस्तै भीम सार्कीले ५८ बल खेलेर ४ चौकाको मद्धतले ४३ रनको योगदान गरे।
कप्तान रोहित पौडेलले ४६ बलमा २ चौका हानेर ३६ रन जोडे।
बलिङतर्फ अमेरिकाका हर्मित सिंहले ३, शौरभ नेत्रभल्कर र नोस्तुस केन्जिगेले २/२ तथा जसदीप सिंह र शुभम रन्जनेले एक/एक विकेट लिए।
युएईमा जारी सिरिजमा नेपालले अहिलेसम्म तीन खेल खेलेकोमा तीनै खेलमा पराजय ब्यहोरेको छ।
अब नेपालले नोभेम्बर ५ मा युएईसँग खेलेपछि स्वदेश फर्कनेछन्।