प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि कर्णालीले १६ रनले पराजित गरेको छ।
जनकपुरमा भएको खेलमा कर्णालीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कोशी ४४.४ ओभरमा १३५ रनमै अलआउट भयो।
कोशीका लागि दिपेश कँडेलले सबैभन्दा बढी २६ रन बनाए भने बलिङमा कर्णालीका दिनेश अधिकारीले ५ विकेट लिए।
त्यसअघि कर्णालीले विपिन शाहीको ६३ रनको मद्दतमा १५१ रन जोडेको थियो। बलिङमा कोशीका प्रेम कामतले ४ विकेट लिएका थिए।
कर्णालीले दोस्रो खेलमा पहिलो जित निकालेको हो। कोशीको पहिलो खेल रद्द हुँदा दोस्रो खेलमा पराजित भयो।
यता वीरगञ्जमा घरेलु टोली मधेशले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अशिषेक पालले ३३ रन बनाउँदा नारायण जोशी र किरण ठगुन्नाले २३-२३ रन बनाए बनाउँदा १६० रन जोड्न सक्यो। बलिङमा मधेशका अरनिको यादवले ३ विकेट लिए।
१६१ रनको लक्ष्य मधेशले ३३.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि अरनिको यादवले नटआउट ४६ रन बनाए।
बलिङमा सुदूरका अशोक धामीले ३ विकेट लिए। मधेशले पहिलो जित निकालेको हो भने सुदूरपश्चिम आफ्नो पहिलो खेलमै पराजित भयो।