आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्ने भएको छ।
यसअघि मध्यपूर्वको तनावको कारण स्थगित भएको नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।
नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म सिरिज हुनेछ। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका भिड्नेछन्।
यसअघि फागुन २६ देखि चैत ६ गते सम्म हुने तय भएको नेपाल, ओमान र युएईबीच सिरिज मध्यपूर्वको तनावका कारण स्थगित भएको थियो।
लिग-२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् सातौं स्थानमा छ। पुछारको युएईको १० अंक छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ।
-1775570395.jpeg)
