आगामी संस्करणको जय ट्रफी बहुदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि ४ टोलीबीच प्रतिस्पर्धा हुँदै आएकोमा अबको संस्करणमा ६ टोलीलाई सहभागी गराउन लागिएको हो।
यसअघि ४ टोलीले प्रतिस्पर्धा प्रतियोगिता छोटो हुने र कतिपय प्रदेशका टोलीले मौका नपाएको गुनाएको भएको थियो।
दुई संस्करण क्यानले ४ टोलीबीच गराउँदा अब तेस्रो संस्करणमा ६ टोलीले भिड्ने भएका छन्।