नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ए टोलीले दुवै टोलीसँग दुई दुई वटा एकदिवसीय खेल्ने भएको हो।
सबै खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने क्यानको भनाइ छ।
खेलहरु वैशाख ९ गतेदेखि सुरु हुनेछन्। यो बीचमा आइसिसी विश्वकप लिग-२ का खेल पनि हुनेछन्।
खेल तालिका
22/04/2026: Nepal A vs Oman
24/04/2026: Nepal A vs Oman
06/05/2026: Nepal A vs Scotland
07/05/2026: Nepal A vs USA
09/05/2026: Nepal A vs Scotland
11/05/2026: Nepal A vs USA
