बंगलादेशका अलराउन्डर शाकिब अल हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न नेपाल आउने भएका छन्।
हसनलाई पोखरा एभेन्जर्सले टोलीमा आबद्ध गरेको सोमबार घोषणा गरेको हो।
भारतको आइपिएलसहित विश्वभरका लिग खेलेका ३९ वर्षीय अलराउन्डर हसनले सन् २०२४ यता राष्ट्रिय टोलीबाट खेलेका छैनन्।
उनले आइपिएल टोली कोलकता नाइट राइडर्सबाट लामो सयम खेलेका थिए।
बंगलादेशमा नयाँ सरकार आएसँगै उनी अमेरिकामा बस्दै आएका छन्।
उनले बंगलादेशका लागि ७१ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० खेल खेलेका छन्।
तेस्रो संस्करणको एनपिएलका लागि नेपाली खेलाडीको अक्सन सकिएको छ। अहिले टोलीहरु विदेशी खेलाडी भित्र्याइरहेका छन्। यस्तै यो सिजनको मिति पनि घोषणा हुन बाँकी छ।