आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको एकदिवसीय त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको छ।
घरेलु टोली नेदरल्यान्ड्सविरूद्धको यो खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ।
खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा हेमन्त धामी र सन्दीप लामिछानेको स्थानमा ललित राजवंशी खेलाइएको छ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, ललित राजवंशी, हेमन्त धामी।
सिरिजको सुरुवाती तीन खेलमा नेपाल जितविहीन छ। नेपालले नामिबियासँगको दुवै खेल र नेदरल्यान्ड्ससँगको पहिलो खेल गुमएको थियो।
नेपाल अंक तालिकाको छैटौ स्थानमा छ। नेपालको ३१ खेलबाट २४ अंक छ। नेपाललाई पछि पार्दै पाँचौ स्थानमा पुगेको नामिबियाको २६ अंक भएको छ।
एकदिवसीय छनोटमा पुग्नका लागि महत्वपूर्ण मानिएको यो सिरिजमा कमजोर प्रदर्शनसँगै नेपाल सिधा छनोट हुने सम्भावना कमजोर बनेको छ।