राइजिङ स्टार्स एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ ले नेपालविरुद्ध टस जितेको छ।
पकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यससँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो खेलमा पहिले बलिङ गर्ने भएको छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग हार बेहोरेको थियो। दोस्रो खेलमा भने यूएईलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो।
नेपालको सेमिफाइनल प्रवेशको सम्भावना अझै कायम छ। तर, अन्तिम चारमा स्थान बनाउन नेपालले पाकिस्तानविरुद्ध फराकिलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ। त्यसैले नेपालका लागि यो खेल निकै महत्वपूर्ण बनेको छ।
समूह चरणका सुरुवाती दुई खेलको नतिजापछि नेपाल पाकिस्तानविरुद्ध जितसँगै राम्रो रनरेट बनाउने लक्ष्यमा हुनेछ।