युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अन्तिम ३२ मा पुगेको छ।
म्यानचेस्टरले बिहीबार भएको खेलमा सर्वियन क्लब पार्टिजन बेल्ग्रेडलाई ३–० ले पराजित गर्दै समूह चरणको २ खेलअघि अन्तिम ३२ मा पुगेको हो।
म्यानचेस्टरको जितमा ग्रिनउडले २१, मार्टियलले ३३ र रास्फोडले ४९ मिनेटमा गोल गरेका थिए।
जितसँगै म्यानचेस्टरले समूह 'एल' मा चार खेलबाट १० अंक जोडेको छ।
अर्को खेलमा पोर्चुगिज क्लब भिक्टोरिया गुइमारेसले इंग्लिस क्लब आर्सनललाई १–१ को बराबरीमा रोकेको छ।