साफ महिला यू-१९ च्याम्पियनसिप २०२६ अन्तुर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग ४-० गोलको पराजय भोगेको छ।
पोखरा रंगशालामा बुधबार भएको यो पराजयसँगै नेपाल फाइनलम पुग्न असफल भएको छ। यसअघि नेपालले पहिलो खेलमा भारतसँग १-० को हार ब्यहोरेको थियो।
दोस्रो खेलमा भने नेपालले भुटानलाई २-१ गोलले हराएको थियो। फाइनल पुग्न आज बंगलादेशलाई पराजित गर्नु पर्ने भए पनि नेपालले चार गोल खायो।
अब उपाधिका लागि बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ।