राष्ट्रिय लिग २०८२ का लागि प्लानिङ ब्वाइज युनाइटेडले फ्रान्सका पापा केबेलाई भित्र्याएका छन्।
३६ वर्षीय स्ट्राइकर केबे राष्ट्रिय लिगका लागि मंगलबार नेपाल आइपुगेका छन्। उनलाई क्लबका जनरल म्यानेजर विनायक लामिछानेसहित सदस्यहरुले स्वागत गरेका थिए।
जारी राष्ट्रिय लिगमा प्लानिङ ब्वाइजले पाँच खेलबाट १० अंक जोडेको छ भने छैटौं स्थानमा छ। उसले तीन खेलमा जित निकालेको छ भने एक खेलमा हार र एक खेलमा बराबरी खेलेको छ।
बाँकी खेलका लागि भित्रिएका केबेले दुई वर्षअघि भएको नेपाल सुपर लिगमा ललितपुर सिटीबाट खेलेका थिए। फाइनलमा उनले निर्णायक गोल गर्दा ललितपुरले लगातार दोस्रो उपाधि जितेको थियो।
यसअघि जर्मनीको छैटौं डिभिजन खेल्ने क्लब ईएसभी सुदस्टर्न सिंगेनमा आबद्ध थिए।