अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम फेरि स्थगित भएको छ। यसअघि माघ २८ का लागि तोकिएको निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो।
अदालतले उच्च आदेशलाई निरन्तरता नदिएपछि सुरु भएको एन्फाले फागुन २७ का लागि अर्को निर्वाचनको मिति तोक्दै कार्यक्रम अघि बढाएको थियो।
तर फेरि निर्वाचन आयोगकले निर्वाचन आचारसंहिता लागू भएकाले एन्फा संशोधित निर्वाचनका कार्यक्रम स्थगन गर्नु भनी पत्र प्राप्त भएकाले आज फागुन आठदेखिका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले सेतोपाटीलाई जानकारी दिए।
एन्फा प्रवक्ता सुरेश शाहले पनि एन्फाको निर्वाचन समिति स्वतन्त्र रहेको बताए। साथै उनले निर्वाचन समितिले संबैधानिक निकायको निर्देशनअनुसार काम गरेको बताए। साथै उनले निर्वाचन समितिले अर्को निर्वाचन कार्यक्रम प्रकाशन गरेपछि निर्वाचन अघि बढ्ने बताए।

२१ सदस्यीय कार्यसमितिका लागि ४७ जनाको उम्मेदवारी परेको थियो। जसमा अध्यक्ष पदमा हालका अध्यक्ष पंकजविक्रङ नेम्बाङ र उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार) को उम्मेदवारी पर्दा उनीहरुकै प्यानलबाट अरु पदमा उम्मेदवारी परेको छ।
त्यसका लागि आज उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामवाली प्रकाशन गर्ने तालिका थियो।
एन्फाले यसपटक जिल्ला र प्रदेशको निर्वाचन नगरी कार्यकाल सकिनु चार महिनाअघि केन्द्रीय समितिको मात्र निर्वाचन गर्न लागेको हो।
वर्तमान अध्यक्ष पंकजबिक्रम नेम्बाङको नेतृत्वको एन्फा कार्यसमितिको कालकाल आगामी असार ६ गते सकिँदैछ। तर एन्फाले चार महिनाअघि नै ‘अर्ली इलेक्सन’ भन्दै निर्वाचन गराउन लागेको हो। यसमै कतिपय केन्द्रीय सदस्य विरोध गर्दै अदालत पुगेका हुन्।