लगातारको वर्षाले मैदानमा भल पसेपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको आजको पहिलो खेल रद्द भयो।
लुम्बिनी लायन्स र चितवन राइनोजबीच तय भएको खेल वर्षाका कारण रद्द भएपछि दुई टोलीले एक-एक अंक बाँडेका छन्।
दोस्रो खेल पनि निर्धारित समयमा सुरू हुन सकेको छैन।
मैदानमा जमेको पानी मेसिन लगाएर हटाइएको थियो। मैदान आवश्यकता अनुसार सुक्खा नभएपछि खेल निर्धारित समयभन्दा ढिला सुरू हुने भएको छ।
खेल ढिला सुरू हुने भएपछि ओभर घटाएर खेलाइने सम्भावना छ।
दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।
दुवै टोलीको धेरै समर्थकहरू मैदान पुगिसकेका छन्।
जमेका पानी र हिलो छल्दै उनीहरू प्यारापिटमा प्रवेश गरिरहेका छन्।
खेलाडीहरू पनि त्रिवि मैदान पुगिसकेका छन्।
आयोजक र अम्पायरहरूले ग्राउन्डको निरीक्षण गरेका छन्।
तस्बिरहरूः
-ink-1793449369.jpeg)
-ink-1793449369.jpeg)
-ink-1793449367.jpeg)
-ink-1793449368.jpeg)
-ink-1793449368.jpeg)
-ink-1793449368.jpeg)
-ink-1793449368.jpeg)
-ink-1793449368.jpeg)
-ink-1793449368.jpeg)
-ink-1793449367.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।