हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ भएको छ।
नेपाल बास्केटबल आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजन र एनसेल पावरबाइ प्रायोजक लिग मार्च १० देखि अप्रिल ११ सम्म काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ।
यो ३२ दिने प्रतियोगितामा कुल ८ टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। जसमा आर्मी, काठमाडौं भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्।
लिगले डबल राउन्ड-रोबिन फर्म्याट अपनाउने छ, जसमा प्रत्येक टिमले एकअर्कासँग दुई पटक खेल्नेछन्। लिग चरणमा कुल ५६ खेल हुनेछन्। त्यसपछि प्लेअफ र फाइनलका लागि थप ४ खेल गरी जम्मा ६० खेल सञ्चालन हुनेछन्।
खेलहरू दैनिक दिउँसो ४:०० बजे र साँझ ७:०० बजे हुनेछन्। सबै खेलहरू राष्ट्रिय स्तरमा एक्सन स्पोर्ट्स च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछन्।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङका अनुसा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक क्लबले फिबा नियमअनुसार अधिकतम २ जना विदेशी खेलाडी राख्न सक्नेछन्।
विजेता टिमले फिबा च्याम्पियनसिप खेल्ने अवसर प्राप्त गर्नेछ भने यो लिगको प्रदर्शनका आधारमा जुन महिनामा माल्दिभ्सको मालेमा हुने साबा च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली छनोट गरिनेछ।