चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन्।
तामाङले व्यक्तिगत पुम्सेको १९ वर्ष मुनी क्याटागोरीको स्वर्ण जिते। यस्तै ४९ केजी तौल समूहको फाइटमा पनि उनी स्वर्ण जित्न सफल भए।
यस्तै आयुष बोहराले पनि स्वर्णसहित कास्य पदक जित्न सफल भएका छन्। उनले ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका हुन्। यस्तै बोहराले व्यक्तिगत पुम्सेमा भने कास्य पदक हात पारे।
सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण जितेका हुन्।
हाइनान ओपन तेक्वान्दो च्याम्पिनयनसिप मे २ देखि ४ सम्म चीनको सान्यामा भएको थियो।