जापानमा जारी २० औं एसियन गेम्समा पुरुष क्रिकेट (टी– २०) मा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेपाल र जापानबीच समूह ‘ए’ को खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले समान १–१ अंक बाढेका थिए ।
पहिलो खेलमा अफ्गानिस्तानलाई ५ विकेटले पराजित गरेको नेपाल ३ अंकसाथ समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
नेपालले सेप्टेम्बर २९ तारिखमा श्रीलंकासँग क्वाटरफाइनल खेल्ने छ । पानी परेर केही समय ढिलो सुरु भएको खेलमा टस जितेर जापानले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।
नेपालले सुरुवाती ब्याटिङमा निकै उत्कृष्ट प्रर्दशन गरेको थियो । नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । सन्दीप जोरा ३२ बलमा ५७ तथा लोकेश बम २२ बलमा ५२ रनमा अविजित रहे।
आसिफ शेखले २१ रन बनाए । पहिलो इनिङ सकिना साथ पानी परेकाले आजको खेल रद्ध गर्दै दुवै टिमलाई अंक बाढीएको थियो । जस कारण नेपाल समूह बिजेता बन्दै क्वाटर फाइनल प्रवेश गरेको हो ।
कबड्डी
जापानमा भएको २०औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा कास्य पदक प्राप्त गरेका खेलाडीहरुलाई एक समारोह बीच मेडल प्रदान गरिएको छ । त्यस अवसरमा नेपालबाट सहभागी अफिसियल टिमको समेत सहभागिता थियो । बिजयी खेलाडीहरूलाई सेभ दि मिसन बिशाल श्रेष्ठले बधाइ दिए।
स्केटिङ
पुरुष स्केटबोर्डिङमा नेपालका सरद राई र गजेन्द्र बर्देवा पहिलो चरणबाट बाहिरिएका छन् ।
हीट चरणमा उनी ५९.८४ अंकसहित १३औं तथा गजेन्द्र ५२.८४ अंकसहित १४ औं स्थानमा रहे ।
शीर्ष ८ खेलाडी मात्र अर्को चरणमा प्रवेश गर्ने छन् ।
एथलेटिक्समा मुकेशको ब्यक्तिगत रेकर्डमा सुधार
१५०० मिटर दौडमा नेपाली खेलाडी मुकेश पालले अफ्नो ब्यक्तिगत टाईमिङको रेकर्ड सुधार गरेका छन् । शनिवार भएको खेलमा उनले निर्धारित दुरी ३:४९.५७ पार गर्दै अघिल्लो रेकर्ड ३:५०.५७ रेकर्ड सुधार गरेका हुन । यता महिला १५०० दौडमा पुर्न न्यौपानेले निर्धारित दुरी 4:45.58 मा पुरा गरी सहभागी ११ जनामा अन्तिममा पुगेकी छन् ।
शनिवार नै भएको पुरुष म्याराथनमा नेपाली खेलाडी खड्ग बहादुर खड्का सहभागी मध्ये सबै भन्दा अन्तिम भएका छन् । शनिवार भएको म्याराथनमा उनले निर्धारित दुरी २ घण्टा २३ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । सो प्रतिष्पर्दामा जापनका खेलाडी यामास्हिता चित्तकाले २ घण्टा १० मिनेट ४९ सेकेन्डमा पुरा गरी स्वर्ण पदक जितेका छन् ।
आर्चरी
आर्चरीको महिला ब्यक्तिगत रिकभरको क्वाईलिफिकेसन राउण्डमा नेपाली खेलाडी ज्ञानु अवालेले कुल ५८१ अंक ल्याउदै सहभागी मध्ये ४८औं स्थानमा रहेकी छन् । यो ईभेन्टसमा ५३ जना खेलाडी सहभागी थिए । यस्तै पुरुष ब्यक्तिगत रिकभरमा तिलक पुन मगरले कुल ६५१ अंक प्राप्त गरि सहभागी मध्ये ३९ स्थानमा रहेका छन् । यो इभेन्टसमा ५८ जना सहभागी थिए ।
ब्याडमिन्टन
ब्याडमिन्टनको महिला सिंगलको सेकेन्ड राउन्डमा नेपाली खेलाडी रसिला महर्जन चीनका खेलाडीसंग पराजित भएकी छन् ।
यस्तै महिला सिंगलको दोस्रो राउण्डमा रिहाना सेरचन श्रीलंकाका खेलाडीसंग २-० अंकका आधारमा पराजित भएकी छन् ।
बक्सिङ
९० केजी माथिको तौल समुहमा नेपाली बक्सर रविन नेपाल थाईल्यण्डका खेलाडीसंग पराजित भएका छन् ।शनिवार भएको खेलमा थाइ खेलाडीसंग ५ -० अंकका आधारमा पराजित भएका हुन ।