द भ्वाइस अफ नेपाल सिजन वानका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको गीत ‘पुतली’को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ।
अमेरिका निवासी प्रोफेसर कैलाश घिमिरेको रचना रहेको गीतमा राजेश थापाको संगीत रहेको छ। जसलाई बिबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिङ मास्टरिङ गरेका छन्।
गीतमा मोडल गरिमा शर्मालाई नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले साथ दिएका छन्।
मन पराएको प्रेमिकालाई साथीहरूको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था म्युजिक भिडिओमा देख्न सकिन्छ।
यसका साथै म्युजिक भिडिओमा गाउँघरमा आउँदै गरेको दसैंको माहौललाई रमाइलो ढंगबाट उतारिएको छ।
म्युजिक भिडिओलाई उत्सव दाहालले छायांकन, नविन निरौलाले सम्पादन गरेका छन् भने दिपेन गौतमले निर्माण व्यवस्थापनमा सहयोग गरेका छन्।
सुबोल थापाको नृत्य निर्देशन रहेको म्युजिक भिडिओलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन्।