गायिका आनीछोइङ डोल्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सामाजिक सञ्जालमार्फत उनले आफूलदाई कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोन पुष्टि भएको बताएकी हुन्।
हाल उनी होम आइसोलेसनमा बसेकी छन्।
तातोपानीको वाफ लिँदै गरेको तस्बिर सेयर गर्दै उनले सबैलाई सतर्कता अपनाउन आग्रहसमेत गरेकी छन्।
कोरोना संक्रमण नेपालमा तिब्र रूपमा बढिरहेको छ। बिहिबार मात्र नेपालमा १३ हजार बढी कोरोनाका संक्रमित फेला परेका थिए।