'मिस एन्ड मिस्टर सुप्रानेसनल २०२६' का विजेताहरूको घोषणा गरिएको छ।
काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा आयोजित समारोहमा पूर्णिमा कार्की मिस सुप्रानेसनल र मृदुल आचार्य मिस्टर सुप्रानेसनल घोषित भएका हुन्।
विगत चार वर्षदेखि प्रतिस्पर्धात्मक चरणमार्फत विजेता छनोट हुँदै आएको यो प्रतियोगितामा यस वर्ष भने विशेष आन्तरिक छनोट प्रक्रियाबाट विजेताको चयन गरिएको आयोजकले जनाएको छ।
दुवै विजेताले पोल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय 'मिस एन्ड मिस्टर सुप्रानेसनल' प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
निर्णायक मण्डलमा डा. सन्तोष उपाध्याय, धिरज काजी बस्नेत, कलाकार मनोज महर्जन, सजिना खनाल, मोनिका अधिकारी र क्षितीज श्रेष्ठ क्षेत्री रहेका थिए। उनीहरूको निर्णयका आधारमा विजेताको घोषणा गरिएको हो।
२४ वर्षीया पूर्णिमा कार्की पेशाले अधिवक्ता तथा सञ्चारकर्मी हुन्।
३० वर्षिय मृदुल भने पेशाले सिभिल इन्जिनियर हुन्।
'मिस्टर एन्ड मिस सुप्रानेसनल' सनुर्वी इन्टरनेशनलले आयोजना गर्दै आएको छ।