फिल्म 'सारथी'को गीत 'मयाली' सार्वजनिक भएको छ।
निर्माणपक्षले म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र रचना रिमालको स्वर छ। प्रेमभाव समेटिएको गीतको भिडिओमा फिल्मका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीलाई रोमान्टिक नृत्य गर्दै गरेको देख्न सकिन्छ। भिडिओको निर्देशन कविराज गहतराजले गरेका हुन् भने छायांकन गोपाल रायाले गरेका छन्।
कुमार गजुरेलको निर्देशनमा बनेको 'सारथी' आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा निरूता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशीलगायत कलाकारहरूको अभिनय छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता छन्। निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्।
फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापा 'किम्भे'को सम्पादन छ।