अभिनेता सौगात मल्लको मुख्य अभिनय रहेको फिल्म 'लाखे' युट्युबमा सार्वजनिक भएको छ।
सिनेमा हलमा वि.स. २०७९ मा रिलिज 'लाखे' मंगलबार ओएसआर मुभिजको युट्युबमा प्रिमियर भएको हो।
सम्राट बस्नेतको निर्देशन रहेको यो फिल्म एक्सन,क्राइम-थ्रिलर जनरामा छ।
फिल्ममा सौगातसहित अर्पण थापा, आर्यन अधिकारी, अनुप बिक्रम शाही, बर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रूम्बालगायत कलाकारहरूको अभिनय हेर्न सकिन्छ।
फिल्मको निर्माता सिजन अर्याल, जी.एम. ठकुरी, डीपी भण्डारी तथा कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन्।
एक्सन, अपराध र बदला केन्द्रित कथामा रहेको 'लाखे' ले सिनेमा हलमा भने राम्रो व्यवसाय गर्न सकेको थिएन।
फिल्मले युट्युबमा राम्रो दर्शक पाउने निर्माण पक्षको अपेक्षा छ।