नारायणप्रसाद सापकोटाको पहिलो कविता संग्रह ‘युगान्तर’ प्रकाशित भएको छ।
यो कृतिमा जम्मा ५५ वटा कविताहरू समेटिएका छन्।
यी कविताहरूलाई पढेर, काव्यचित्र हेरेर, र वाचन सुनेर वा हेरेर ग्रहण गर्न सकिन्छ। यसरी आफ्नो पहिलो कृति मार्फत लेखक सापकोटाले नेपाली साहित्यमा पहिलोपटक बहुआयामिक स्वाद दिएका छन्।
कास्कीको मादी गाउँपालिका वडा नम्बर ४ तारकाङ, केउरानी, रातमाटामा विसं २०४१ सालमा जन्मेका सापकोटा हाल पोखरा १३ साझाका बासिन्दा हुन्।
पेसाले अङ्ग्रेजी प्राध्यापनमा रहेका उनी भद्रकाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन्।
त्रिभुवन विश्वविद्यालयको ग्राजुएट स्कुल अफ एजुकेसनबाट विद्यावारिधि (पिएचडी) तहको अध्ययन गर्दै गरेका सापकोटा सिर्जनात्मक र प्राज्ञिक दुवै लेखनमा समता र सामाजिक न्यायको खोजी गर्छन् ।
नेपाली साहित्य सिर्जना सापकोटाको रूचिको विषय हो। यसअघि थुप्रै फुटकर लेख रचनाहरू प्रकाशन गरिसकेका उनको ‘युगान्तर’ पहिलो पुस्तकाकार कृति हो।
पुस्तक प्राप्त गर्न चाहने पाठकले ९८५६०३३२६८ मा सम्पर्क गर्न सक्नेछन्। यस्तै सल्लाह, सुझाव र प्रतिक्रियाका लागि लेखकलाई इमेल ठेगाना sapkotanarayanprasad@gmail.com मा सम्पर्क गर्न सकिने जनाइएको छ।