गायिका एलिना चौहान वैवाहिक जीवनमा बाँधिएकी छन्।
अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका गीतकारसमेत रहेका विष्णु सापकोटासँग उनले लगनगाँठो कसेकी हुन्।
बुधबार झापाको विर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा चलिरहेको विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्त, साथीभाइ सहभागी छन्।
गायिका रचना रिमाल, मेलिना मैनाली, एन्जिला रेग्मी, मोडल विजय पुन, जुम्ल्याह मोडल स्मारिका र समारिका ढकाल लगायत कलाकारहरू बिहेमा उपस्थित छन्।
![elina-chauhan-bihe-(4)-1713337939.jpg](https://www.setopati.com/uploads/posts/elina-chauhan-bihe-(4)-1713337939.jpg)
झापाकी एलिना र बागलुङका विष्णुले केही समयको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा बिहेमा परिणत गरेका हुन्।
एलिना पछिल्लो समयकी निकै चर्चित गायिका हुन्।
एक दर्जन बढी गीत लेखेका विष्णुले एलिनासँग 'बाजा तालमा' बोलको गीतमा स्वर समेत दिएका छन्।
हेर्नुस् तस्बिरहरू:
![elina-chauhan-bihe-(3)-1713337939.jpg](https://www.setopati.com/uploads/posts/elina-chauhan-bihe-(3)-1713337939.jpg)
![elina-chauhan-bihe-(1)-1713337939.jpg](https://www.setopati.com/uploads/posts/elina-chauhan-bihe-(1)-1713337939.jpg)
![elina-chauhan-bihe-(2)-1713337939.jpg](https://www.setopati.com/uploads/posts/elina-chauhan-bihe-(2)-1713337939.jpg)
![elina-chauhan-bihe-(5)-1713337940.jpg](https://www.setopati.com/uploads/posts/elina-chauhan-bihe-(5)-1713337940.jpg)